पशु खरीद-बिक्रीलाई लिएर मारपीट, अस्पताल बन्यो रणक्षेत्र

IMG-20230408-WA0112.jpg

अलिपुरद्वारः जिल्लाको ब्लक नम्बर २ को मोमिन पाड़ा क्षेत्रमा पशुको खरीद-बिक्रीलाई लिएर बिहीवार बिहान दुई पक्षमा विवाद भयो। विवाद यति बढ्यो कि दुवै पक्षमा जमेर मारपीट शुरू भयो। घटनामा अब्दुल अन्सारी, दिलदार अन्सारी एवं दिल मोहम्मद अन्सारी गम्भीर रूपमा घाइते भए।

जब उनीहरू यशोडाङ्गा ग्रामीण अस्पतालमा प्राथमिक उपचारको निम्ति आए तब अस्पतालभित्रै दोस्रो पक्षका मानिसहरूले उनीहरूमाथि हमला गरेको आरोप छ। जसबाट अस्पताल भित्रको क्षेत्र रणक्षेत्र बन्यो। घटनामा अस्पताललाई भारी नोकसान पुगेको छ। त्यही, दुवै पक्षमा मारपीटले अस्पतालका स्वास्थ्य कर्मी र रोगी डराए। यहीबीच आठ आरोपित अस्पताल गए औं रोगीको कमरामा लुकेर ढोका बन्द गरे। अस्पताल प्रबन्धकको तर्फबाट घटनाको सूचना शामुक्तला थाना पुलिसलाई दिइयो। सूचना पाएर शामुक्तला थाना पुलिस घटनास्थलमा पुग्यो र आठ आरोपितलाई हिरासतमा लियो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

Advertisement