भारत जोड़ो न्याय यात्राको निम्ति कंग्रेसको ऱ्याली

a242b028-7917-4296-974d-667c7b459a7e-1

कालचिनीः आइतवार मनिपुरदेखि कंग्रेसको भारत जोड़ो न्याय यात्राको शुभारम्भ भएपछि उक्त यात्राको सफलताको कामना गर्दै एवम् आगामी १९ जनवरीको दिन उक्त यात्रा अलिपुरद्वार जिल्लामा प्रवेश गर्न जानकारी पनि जनसाधारणलाई गराउन सोमबार कंग्रेसको पक्षबाट हाँसीमारामा कंग्रेस समर्थकहरूले एउटा ऱ्यालीको आयोजना गऱ्यो। कंग्रेस नेता राहुल गान्धीको नेतृत्वमा सम्पन्न उक्त भारत जोड़ो न्याय यात्राको सफलता र देशमा फेरि कंग्रेसको ज्वार आइरहेको सन्देश प्रेषण गर्न एवम् सो न्याय यात्रा असम हुँदै बंगालको कोचबिहार र अलिपुरद्वार जिल्लामा पनि आउने सन्देश दिनलाई हाँसीमारामा ऱ्याली निकालिएको कंग्रेस नेता पासाङ लामाले जनाएका छन्। उक्त ऱ्यालीमा कंग्रेसको बंगाल महासचिव विनय तामाङ लगायत अलिपुरद्वार जिल्लाको कार्यकारी अध्यक्ष डा. सान्तानु देवनाथ, पासाङ लामा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
कंग्रेस महासचिव विनय तामाङले साम्प्रदायिक सद्भाव र भाईचारा कायम गर्नसक्ने एकमात्र दल कंग्रेस रहेको र सर्वभारतीय युवा कंग्रेसको चेयरपर्सन राहुल गान्धीको नेतृत्वमा सम्पन्न भइरहेको सो ऱ्यालीले कंग्रेसको जनसमर्थनमा वृद्धि हुने जनाएका छन्। कंग्रेसको भारत जोड़ो न्याय यात्राको सन्देश दिनलाई र भाजपा र तृणमूलबाट विरक्तिएका जनसाधारणलाई मूलधारामा फर्काउन सोमबार हाँसीमारामा ऱ्यालीको आयोजना गरिएको कंग्रेसको अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष डा. सान्तानु देवनाथले थप जनाएका छन्।

About Author

Advertisement