भारत छोडो आन्दोलन दिवस पालन

IMG_20220809_170438.png

सिलगढी: आज ८१औं भारत छोडो आन्दोलन दिवस पालन गरियो। सिलगढी नगरनिगमको तर्फबाट उक्त दिवस पालन गरिएको थियो। मेयर गौतम देव तथा अन्य अधिकारीहरूले आज सिलगढी थाना संलग्न इलाकामा सहिद वेदीमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै राष्ट्रिय झण्डा पनि उत्तोलन गरियो। यस अवसरमा मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत अन्य काउन्सिलरहरू उपस्थित थिए। मेयर गौतम देवले भने, धेरै समयदेखि सहिद वेदीमा सटीक रूपमा रुखका विरुवाहरू लगाइएको छैन। यसपल्ट सहिदहरूलाई पूर्ण सम्मान जनाउनको लागि सहिद वेदीलाई राम्रो प्रकारले सजाइने ‘तिनले बताए। स्मरण रहोस्, ८ अगस्त १९४२ सालमा महात्मा गाँधीले ‘भारत छोड़ो आन्दोलन’ को आह्वान गरेका थिए।

About Author

Advertisement