भारतीय जनता पार्टीको तेरेस गाउँ प्रशाखा कमिटी गठन

IMG-20260818-WA0357

खरसाङ: भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल अन्तर्गत सिविटार चियाबारीको तेरेस गाउँमा‌ भारतीय जनता पार्टीको प्रशाखा समिति गठनको लागि सभा भएको छ। उक्त सभा सुविटार चियाबारीको तेरेस गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता प्रणाम प्रधानले गरेका थिए। सभामा तेरेस गाउँ र खानी बस्तीका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यसै सभामा भारतीय जनता पार्टी तेरेस गाउँ प्रशाखा कमिटी गठन गरिएको छ। उक्त प्रशाखा कमिटीमा सभापति नरेन प्रधान, उप सभापति प्रेम मुखिया, सचिव प्रणाम प्रधान, सह सचिव दिवस प्रधान, कोषाध्यक्ष बीरेन्द्र प्रधान र अनिल प्रधान, सल्लाहकारमा सन्तोष राई, समीर प्रधान, प्रदीप राई, बिजय तामाङ लगायत अन्यहरु चयन भएका छन् भनी प्रशाखा कमिटीका सह सचिव दिवस प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement