भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा असंगठित श्रमिक संगठनलाई सहयोग

IMG-20260914-WA0115

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको निर्देश अनि खरसाङ महकुमा समितिकोे सुझावलाई अघि बढाउँदै खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाइमा अनि सदस्यहरूको उपस्थितिमा खरसाङमा दिनहुँ श्रम गरेर आफ्नाे जीविका चलाउने श्रमिकहरुले उनीहरुको कार्य क्षेत्रमा भई रहेको असुविधा हरूलाई बुझ्न अनि सहयोग पुर्याउन हेतु केही दिन अघि भागोप्रमो खरसाङ महकुमा कार्यलयमा सभाको माध्यमले असंगठित श्रमिक संगठनमा फेर बदल गरेर नयाँ कमिटी गठन गरिएकाे थियो। जसमा उनीहरुले भोगि रहेको समस्या समाधान हेतु श्रमिक संगठन लाई सूचारु रूपमा सञ्चालन गर्नको निम्ति टाउन कमिटीद्वारा पञ्जीकरण गराइदिने आश्वासन दिए बमोजिम त्यसलाई अघि बढाउँदै सोमवार टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे पूनः अगुवाई अनि मूल सचिव राजु सेवाकोे विशेष उपस्थितिमा केन्द्रिय अध्यक्ष अनित थापासँग असंगठित श्रमिक संगठनका नव निर्मित कमिटीले भेटघाट गरे। जसमा श्रमिक संगठनका अध्यक्ष सरण विश्वकर्माले आफ्नाे टोलीमा रहेका पदाधिकारी अनि सदस्यहरूसँग परिचय साट्दै वर्तमानसम्म श्रम गरेर जीविका चलाई रहेका समस्याहरूलाई कम गर्न हेतु एउटा मजबुत पञ्जीकृत संस्था हुनु आवश्यक भएको जानकारी गराए भने अनित थापाले श्रमिकहरुको दीर्घकालीन समस्याकोे निम्ति खरसाङ असंगठित श्रमिक संगठनकोे नामले पञ्जिकरण गराइदिने वाचा दिँदै टाउन कमिटीलाईनजिम्मेवारी सुम्पन्दै भने, श्रमिक संगठनका अध्यक्ष सरण विश्वकर्माले यसको निम्ति कृतज्ञता व्यक्त गर्दै खरसाङका असंगठित श्रमिक संगठन भागोप्रमोकोे स्थापनादेखि संगै थिए अनि अघि पनि रहने छ भन्दै समर्थन जनाउँदै पञ्जिकरण भए पश्चात खरसाङका श्रमिकहरूलाई एकत्रित गरेर एउटा ठूलो सभा गर्ने भएको जानकारी गराएका छन्।

About Author

Advertisement