भारतको विकासको गतीलाई टक्कर दिने कोही छैन, पश्चिमा देशहरूले स्वीकार गर्न हिचकिचाए: रूस

e96031ed-6093-4562-b2d3-8bae12d54251

मस्को/नयाँ दिल्ली: भारतको तीव्र आर्थिक र सामाजिक विकासको बारेमा पश्चिमा देशहरूले स्वीकार गर्न हिचकिचाउने गरेको सत्यलाई रूसी राष्ट्रपति भवन (क्रेमलिन) ले खुला रूपमा प्रशंसा गरेको छ। क्रेमलिनले पश्चिमा देशहरूले नजरअंदाज गर्न खोजेको यथार्थलाई उजागर गर्दै भारत हाल विश्वमै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको देश भएको दाबी गरेको छ। पश्चिमा मुलुकहरूले यो सत्यलाई बुझे तापनि भू-राजनीतिक खेल र राजनीतिक दाउपेचमार्फत भारतको यो शानदार उपलब्धिलाई कम आँक्ने प्रयास गरिरहेको रूसको आरोप छ।
​क्रेमलिनद्वारा भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोले रूसी सरकारी समाचार एजेन्सी ‘स्पुतनिक’ लाई दिएको एक अन्तर्वार्तामा विगत २५ वर्षमा भारतले सामाजिक र आर्थिक क्षेत्रमा ठूलो फड्को मारेको बताएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असाधारण रूपमा सफल रहेको समेत उल्लेख गरे। रूसका अनुसार भारत आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राख्दै एक स्वतन्त्र वैश्विक शक्तिको रूपमा अघि बढिरहेको छ, जसलाई पश्चिमाहरूले सधैं कम मूल्याङ्कन गर्छन्।
​रूस र भारतको अटुट मित्रता
दशकौंदेखि भारतको भरपर्दो मित्र रहेको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारत एक विशाल वैश्विक शक्ति भइसकेको र अब पश्चिमा देशहरूले नयाँ दिल्लीलाई आफ्नो इसारामा चलाउन वा विदेश नीति तय गर्न नसक्ने स्पष्ट पारेका छन्। मस्कोका अनुसार भारत वा प्रधानमन्त्री मोदीमाथि रणनीतिक साझेदारी छोड्न वा ऊर्जा (तेल) खरिदको माध्यम बदल्न दबाब दिनु निरर्थक छ। हालै रूसी राष्ट्रपति पुटिनले भारतलाई रूससँगको सहकार्य कम गर्न बाध्य पार्ने पश्चिमा देशहरूको प्रयास असफल हुने र यसले विश्वव्यापी स्थिरतालाई मात्र नोक्सान पुर्‍याउने चेतावनी समेत दिएका थिए।

About Author

Advertisement