एशियन गेम्सको टीममा स्थान नपाएर मनिका बत्रा क्षुब्ध

IMG-20260624-WA0104

नयाँ दिल्ली: भारतीय टेबल टेनिसकी स्टार खेलाड़ी मनिका बत्रा एशियन गेम्स २०२६-को निम्ति घोषित भारतीय टीमबाट बाहिर गरिएपछि लगातार चर्चामा रहेकी छन्। चयनलाई लिएर शुरु भएको विवादहरूबीच मनिकाले बताएअनुसार, उनी कुनै विशेष छूट या टीममा जबरजस्ती स्थानको माग गरिरहेकी छैनन्। मनिका केवल उनलाई टीममा चयनको योग्य किन मानिएन भन्ने जान्न चाहन्छिन्। २०१८-को कमनवेल्थ गेम्समा महिला टीम अनि व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता २०१८-को एशियन गेम्समा मिक्स्ड डबल्समा काँस्य पदक विजेता मनिकाले चयन प्रक्रियामा पारदर्शिताको कमी र फसेलाहरूमा कथित मनमानीको आरोप लगाएकी छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय खेल मन्त्री मनसुख माण्डवियासँग मामिलामा हस्तक्षेपको माग गरेकी छन्। यस्तो नभए उनी कानूनी कार्वाहीको बाटो अप्नाउन वाध्य हुने पनि मनिकाले चेताउनी दिएकी छन्। उनले भनिन्, गत २ दशकदेखि मैले सर्वोच्च स्तरमा भारतको प्रतिनिधित्व गर्ने अवसर पाएकी छु। आफ्नो पूरा करियरमा मैले जीत, हार, चयन अनि चयन नहुने सबै परिस्थितिहरूलाई स्वीकार गरेकी छु। यो खेलको हिस्सा हो तर अहिले पारदर्शिताको कमी र मनमानी भइरहेको छ, जसलाई स्वीकार गर्न सकिँदैन। म आफ्नो चयनको माग गरिरहेको छुइनँ अनि न त म फसेला बदलिन नै भनिरहेकी छु। म केवल जवाफ मागिरहेकी छु। सन्तोषजनक उत्तर नपाए कानूनी विकल्प अप्नाउनु बाहेक मसँग अन्य बाटो रहनेछैन। विश्व ऱ्याङकिंगमा ५१औं स्थानमा रहने मनिकाले खेलाड़ीहरूका मूल्यांकन कुन आधारमा गरियो भनी प्रश्न गरेकी छन्।। उनले भनिन्, खेलाड़ीहरूका चयन ऱ्याङकिंगकै आधारमा गरिएको हो भने टेबल टेनिसमा ऱ्याङकिंग हरेक हप्ता बदलिन्छ। त्यसो भए खेलाड़ीहरूका चयन कुन आधारमा भयो भन्ने म जान्न चाहन्छु। एक हप्ता, २ महिना, ६ महिना या पूरा वर्षको प्रदर्शनको आधारमा भयो भन्ने जान्न चाहन्छु। मनिकाले केवल ऱ्याङकिग नभएर खेलाड़ीहरूका चयन हालका प्रदर्शन र वर्तमान फर्मको आधारमा गरिनु पर्ने बताइन्। यस सीजनमा धेरै मजबूत एशियाली र चाइनीज खेलाड़ीहरूलाई पराजित गरे पनि उनलाई टीमबाट बाहिर राखिएको मनिकाले दावी गरेकी छन्।

About Author

Advertisement