नयाँ दिल्ली: भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा महिला आरक्षण विधेयकलाई “क्रान्तिकारी कदम” भन्दै समर्थन जनाएकी छन्।
उनले भनिन् कि भारतका महिलाहरूले विकासका हरेक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् र धेरै सामाजिक तथा संरचनात्मक चुनौतीहरू पार गरेका छन्। यस विधेयकले महिलाहरूलाई राजनीतिक नेतृत्वमा अझ ठूलो अवसर दिने उनको विश्वास छ।
सरकारले संसद र राज्य विधानसभामा ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गर्ने संशोधन विधेयक ल्याउने तयारी गरिरहेको बेला यो प्रतिक्रिया आएको हो। पाटिलले यसलाई “ऐतिहासिक असमानता हटाउने निर्णायक कदम” भनेकी छन्।
उनका अनुसार यो पहलले विशेषगरी ग्रामीण र वञ्चित समुदायका महिलाहरूलाई नेतृत्वमा आउन प्रेरित गर्नेछ र समावेशी शासनलाई बलियो बनाउनेछ।








