भातखुवाईबाट फर्किरहेको बेला डम्परले ठक्कर दिँदा युवकको मृत्यु

1b1bf9e5-50f5-4100-837c-0a86a8c80d4f-1

जलपाइगढी: डम्परको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। हिजो अबेर राति भातखुवाईको कार्यक्रमबाट मोटरसाइकलमा घर फर्कने क्रममा सञ्जय राय नामका उक्त युवकको डम्परले ठक्कर दिँदा मृत्यु भएको हो। घटना राजगञ्जको अम्बारी चेउलीबाडी क्षेत्रको हो । मृतकको नाम सञ्जय राय(३४) रहेको बताइएको छ। उनी कुन्दरदिघी क्षेत्रका बासिन्दा थिए र पेशाले राजमिस्त्री थिए। आइतबार राति भातखुवाई कार्यक्रमबाट घर फर्कने क्रममा उनलाई पछाडिबाट आएको डम्परले ठक्कर दिएको थियो। जसका कारण तिनको घटनास्थलमै मृत्यु भयो। यसअघि पनि डम्परको ठक्करबाट सो क्षेत्रमा एकजनाको मृत्यु भइसकेको स्थानीयले गुनासो गरेका छन् १ गजलडोबा–फुलबारी नहर मार्गको करातोआ पुल केही महिनादेखि बन्द हुँदा सो सडकबाट ठूला सवारीसाधन आवत-जावत हुने गरेको छ। जसका कारण दुर्घटनाहरू भइरहेका छन्।

About Author

Advertisement