भाजपा ममतालाई घेर्ने तयारीमा, जूनमा नड्डा बंगाल आउने

00-1-Chheriya-Samachar-3

कोलकाताः भारतीय जनता पार्टी (भाजपा) पश्चिम बंगालमा हुन लागेको पञ्चायत चनाउअघि तृणमूल सुप्रिमो ममता ब्यानर्जीलाई घेर्ने तयारीमा जुटेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा जून महिनाको पहिलो हप्ता बंगाल आइरहेका छन्। प्रदेश भाजपाका एक वरिष्ठ नेताले बताएका छन्, नड्डाको जनसभा बाहेक अन्य धेरै कार्यक्रम तय गरिन्दैछ।

भाजपाका प्रदेश प्रभारी एवं केन्द्रिय पर्यवेक्षक अमित मालवीय, सुनील बन्सल, मंगल पाण्डेय पनि नड्डाको साथ रनेछन्। भाजपा बंगालको आरामबाग, नदिया, श्रीरामपुर, कृष्णानगर, मालदा दक्षिण सहित जुन सीटहरूमा धेरै कम अन्तरले पराजित भएको थियो, ती सीटहरूमा भाजपाको केन्द्रिय नेतृत्वले विशेष ध्यान दिइरहेछ। यी क्षेत्रहरूमा छुट्टै बैठकहरू हुनेछ। यस बाहेक राज्यमा कानून व्यवस्थाको दुर्दशालाई लिएर हरेक जिल्लामा आन्दोलनको रणनीति तयार पारिन्दैछ।

-हिस

About Author

Advertisement