दुई क्विन्टल २३ किलो गाँजासहित दुई पक्राउ

00-1-Chheriya-Samachar-3

सिलगढ़ीः एनजेपी थाना पुलिसले शुक्रवार बिहान एक १२ चक्के ट्रकबाट दुई क्विन्टल २३ किलो गाँजा उद्धार गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपितहरूको नाम नीतीश कुमार र मो. सलाम बताइएको छ। दुवै बिहारको बेगूसरायको बासिन्दा हुन्। जफत गरिएको गाँजाको अनुमानित बजार मूल्य ३५ लाख रूपियाँ छ।

एनजेपी थाना पुलिस अनुसार, आज बिहानै गुप्त सूचनामा फूलबाड़ीको जियागञ्ज क्षेत्रमा अभियान चलाएर एक १२ चक्के ट्रकलाई रोकियो। जब ट्रकको जाँच गरियो ट्रकको गुप्त कक्षबाट दुई क्विन्टल २३ किलो गाँजाको प्याकेट उद्धार भयो, जसपछि ट्रक चालक र सह-चालकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गरियो। सोधपुछमा आरोपितहरूबाट थाहा लाग्यो कि गाँजालाई तस्करी गरी त्रिपुराको अगरतलादेखि बिहार लगिन्दैथियो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

-हिस

About Author

Advertisement