खरसाङ: प्राथमिक पाठशालाहरुका शिक्षकहरुलाई लिएर भारतीय जनता पार्टीको खरसाङ सर्कल कमिटी गठन गरिएको छ। खरसाङ सर्कल अन्तर्गत दुइवटा सर्कलहरु खरसाङ सर्कल र तीनधारे महानदी सर्कल रहेका छन्। उक्त सर्कललाई लिएर खरसाङको धोबीखोलास्थित भाजपा पार्टीको कार्यालयमा सभा सम्पन्न भएको छ।
उक्त सभामा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव निरज थापा विशेष रुपमा उपस्थित रहेका थिए। सभामा खरसाङ क्षेत्रका प्राथमिक पाठशालाका शिक्षकहरुको विभिन्न समस्याहरु विषयमा चर्चा परिचर्चा गरिएको छ भने सबै समस्याहरु समाधान गर्ने आश्वासन जिल्ला सचिव निरज थापाले दिएका छन्। यसै सभामा भारतीय जनता पार्टीको भातृ संगठनको रुपमा प्राथमिक पाठशाला शिक्षक संगठन गठन गरिएको छ।
उक्त कमिटीमा सभापति संग्राममणि वाईबा, उप सभापति सुमन प्रधान, महासचिव मोहन प्रधान, सचिव पियुष राई, कोषाध्यक्ष प्रियंका तामाङ, प्रचार प्रसार सचिव मनिष सुब्बा र निशान सुब्बा, संयोजक र जिल्ला सदस्य बिनोद तामाङ लगायत ७ जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ।











