अलिपुरद्वार: सोमबार भाजपा नेता राजु विश्वकर्मासहित ५० परिवारहरू भाजपा छोडेर कलचिनी ब्लकको दलसिंहपाडा क्षेत्रमा सत्तारुढ तृणमूलमा सामेल भए। तृणमूलको कालचिनी ब्लक अध्यक्ष वीरेन्द्र उराउँले यी मानिसहरूलाई तृणमूल झण्डा हस्तान्तरण गरे।यस अवसरमा तृणमूलका कालचिनी ब्लक अध्यक्ष वीरेन्द्र उराउँ, जेडीए अध्यक्ष गङ्गाप्रसाद शर्मा र अन्य तृणमूल नेताहरू उपस्थित थिए। कार्यक्रमपछि तृणमूलका नेताहरूले यति ठूलो सङ्ख्यामा तृणमूलमा जोडिएपछि पार्टी थप सुदृढ हुने बताए। यससँगै तिनले मुख्यमन्त्री ममता व्यानर्जीको विकास कार्यबाट प्रभावित भएर यी व्यक्तिले पार्टी प्रवेश गर्ने निर्णय गरेको बताए।










