जबर्जस्ती बैठक बोलाउँनु भनेको वीएम एक्र्टको अपमान मात्र होइन लोकतन्त्रको हनन गर्नु हो: भाइस चेयरम्यान
दार्जीलिङ: बैठकको मांगलाई खारिज गर्दै दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले नगरपार्षदहरूको पत्रको प्रति उतर दिएका छन्। गत केही दिन अधि दार्जीलिङ नगरपालिकाको नगरपार्षदहरूले फ्लोर टेस्टको लागि विशेष बैठक बोलाउँने मांग गर्दै भाइस चेयरम्यान समक्ष पत्रचार गरेका थिए तर उक्त पत्रमा भाइस चेयरम्यानको साटो सचिवको नाम उल्लेख गरिएको भाइस चेयरम्यानले नगरपार्षदहरूलाई पठाएको पत्रमा उल्लेख गरिएको छ। विशेष बैठक बोलाउँने मांग बंगाल नगरपालिका एक्र्ट अनुरूप गैरकानूनी छ, त्यसैले यसको कानूनी बैद्यता नरहेको जनाएका छन्।नगरपार्षदहरूले मांग गर्दै पठाएको पत्र पश्चिम बंगाल नगरपालिका कानूनको पूर्ण उल्घन गरेको मान्न सकिन्छ भन्ने भाइस चेयरम्यानले आफ्नो प्रति उतरमा उल्लेख गर्दै आफु भाइस चेयरम्यानको नाताले नगरपालिकाको बैठक बोलाउनु आफु असहमत रहेको जनाएका छन्। भाइस चेयरम्यानले आफ्नो प्रति उतरमा बैठकको मांग गर्ने पार्षदहरू लगायत कतिपय नगरपार्षदहरूको अयोग्यता संदर्भमा सम्बंधित विभागीय समक्ष निवेदन दर्ता गरी सकेको अनि उक्त विषय अहिले विचाराधीनमा रहेको पनि पत्रमा उल्लेख गरिएको छ। त्यस कारण बैठक बोलाउँन नमिल्ने पनि पत्रमा उल्लेख गरिएको छ।भाइस चेयरम्यानले आफ्नो प्रति उतरमा तपाईहरूलाई म अवगत गराउँन चाहान्छु तपाईहरूले जबर्जस्ती बैठक बोलाउने कार्य गर्नु भयो भने पश्चिम बंगाल नगरपालिका एक्र्टको विरूद्व मात्र होइन लोकतन्त्रको विरूद्व पनि हुनेछ भन्ने जानकारी गराएका छन्। दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले उक्त पत्रको प्रतिलिपि नगरपार्षद मकुन्दराज बराइली,नगरपार्षद नितेश गुरूङ, नगरपार्षद विष्णु मल्ल, नगरपार्षद दोर्जे डुक्पा, नगरपार्षद विजय गजमेर आदिलाई पठाएका छन्।










