भाजपा उम्मेद्वार सोनाम लामाद्वारा मिरिकको सौरेनी-टोकलाङ क्षेत्रमा जनसम्पर्क अभियान साथै चुनाव प्रचार

IMG-20260418-WA0088

मिरिक: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वारमिरिकको सौरेनी–टोकलाङ क्षेत्रमा आफ्नो जनसम्पर्क अभियान साथै चुनाव प्रचार सोनाम लामाले आज मिरिकको सौरेनी–टोकलाङ क्षेत्रमा आफ्नो जनसम्पर्क अभियान साथै चुनाव प्रचार गरेका छन्। चुनाव प्रचारको क्रममा क्रममा विभिन्न स्थानहरुमा पुगेर त्यहाँको अवस्थालाई नजिकबाट हेरेको र त्यहाँ जीटीएको विकासको वास्तविक अवस्था देख्न पाएको उम्मेद्वार सोनाम लामाले बताए।
आफ्नो चुनाव प्रचारको क्रममा एउटा भिडियो जारी गर्दै भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले भने, लगभग ६ महिना अघि यस क्षेत्रमा ठूलो पहिरो गएको थियो। धेरै घरहरू क्षतिग्रस्त भएका थिए र दुःखको कुरा, मानवीय क्षति पनि भएको थियो। तर आजसम्म आइपुग्दा पनि त्यहाँ कुनै ठोस काम भएको देखिएन। यहाँसम्म कि पहिरो रोकथामका लागि आवश्यक संरक्षण कार्यसमेत गरिएको छैन। ठूला–ठूला विकासका कुरा मात्र गरेर हुँदैन जमिनमै काम देखिनुपर्छ।’

उनले अघि भने, भारतीय जनता पार्टीको सरकार यहाँ स्थापित भयो भने, म यस विषयमा पूर्ण छानबिन गर्नेछु र दोषीलाई कारबाही गरिनेछ। यसको साथै प्रभावित क्षेत्रको पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि ठोस कदम चालिनेछ।’

About Author

Advertisement