भाजपाले हवाई सेवा लिएर राजनीति गरी राहेको उत्तर बङ्गाल विकास मन्त्रीको आरोप  

00-1-IMG-20230221-WA0210

कुचबिहार: कुचबिहार-कोलकाता हवाई सेवा आजदेखि शुरु हुँदैछ। यससँगै प्रदेश र केन्द्र सरकारको भूमिकालाई लिएर राजनीतिक अड्कलबाजी शुरु भएको छ। तृणमूल कांग्रेसले हवाई सेवा शुरु गर्न राज्य सरकारको महत्वपूर्ण भूमिका रहेको दाबी गरेको छ। यसैबीच भाजपाले केन्द्र सरकारले यो हवाई सेवा शुरु गरेको दाबी गरेको छ ।उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहाले आज पत्रकार सम्मेलन गर्दै भाजपाले हवाई सेवा शुरु गर्ने विषयमा राजनीति गरिरहेको बताए। जुलाई २०२१ मा, राज्य सरकारको यातायात विभागका सचिवले नागरिक यातायात विभागका सचिवलाई पत्र लेखेर यो हवाई सेवा सुरु गर्न अनुरोध गरे। तर, विमान राज्य सरकारद्वारा सञ्चालित छैन। सैन्य यातायातको केन्द्रीय कार्यालय हवाई सेवा प्रदान गर्दछ। तर, प्रदेश सरकारले विमानस्थलको पूर्वाधारमा पनि सुधार गरेको छ।

About Author

Advertisement