गोर्खाल्याण्ड राज्यको मागलाई दमन गरिएको छ: निरज जिम्बा 

00-1-Niraj-Zimba

सिलगढी: हिजो पश्चिम बङ्गालको विधानसभामा बङ्गाल विभाजनविरुद्धको प्रस्तव पारित गरिएको छl विधानसभामा यो प्रस्ताव प्रस्तुत हुँदा विधायक निरज जिम्बाले विधानसभामा विरोध जनाएl यसै सिलसिलामा विधानसभामा बोल्दै  निजाज जिम्बाले भने, ‘म दार्जीलिङ विधानसभा क्षेत्रको प्रतिनिधित्व गर्छु , यसकारण मलाई यस विषय लिएर छलफलमा भाग लिने पूर्ण अधिकार छ। गोर्खाल्याण्डको मागलाई लिएर हाम्रो राजनैतिक इतिहासलाई गलत ढङ्गले व्याख्या गरिएको छl आज म यहाँ उठेको हाम्रो मागको गलत धारणाहरुको विषय लिएर स्पष्ट गर्न चहान्छु। गोर्खाल्याण्ड राज्य जसलाई निर्लज्ज ढङ्गलेले खारेज र दमन गरिएको छl’ गोर्खाहरुको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक भिन्नताका महत्वपूर्ण तथ्यहरुलाई प्रकाश पार्दै निरज जिम्बाले भने, ‘हाम्रो माग पश्चिम बङ्गालबाट अलग गर्ने होइन, तर पश्चिम बङ्गालको भौगोलिक हिस्सा कहिले नभएको पश्चिम बङ्गाललाई विखण्डन गर्ने बारे होl’

उनले भने, ‘हाम्रो क्षेत्र १९४७ पछि मात्र १९५४ को अवशोषित क्षेत्र कानुन अनुसार पश्चिम बङ्गालसँग विलय भएको थियो। दार्जीलिङ पहाड कहिले पश्चिम बङ्गालको भाग थिएन, न त क्षेत्रद्वारा, न इतिहासद्वारा, न त  हाम्रो संस्कृति अनि परम्परा द्वाराl’ बङ्गाल विभाजनविरुद्धको प्रस्तावलाई विरोध गर्दै उनले भने, ‘यो प्रस्ताव भारतको संविधानको विरुद्ध हो, जहाँ अनुच्छेद ‘३ सी’ अन्तर्गत आत्मनिर्णयको अधिकारमा बाधा  दिएको छl’ उनले अझ भने, ‘यस्तो किसिमको कदम केवल संविधान विरोध मात्र होइन, तर राष्ट्र विरोधी अनि भारतको विचारको पनि विरुद्ध हो। म सदैव अन्यायको विरुद्धमा उभिएको छु, र यो घोर अन्यायलाई चाँडो भन्दा चाँडो हटाउन जरुरी छl’

About Author

Advertisement