खरसाङ: गृहमन्त्री अमित शाह दार्जिलिङ नआएको विषयमा प्रतिक्रिया दिन्दै जीटीए प्रमुख अनित थापाले यो कुरा नयाँ होइन भन्दै यसरी पहाडको जनतालाई झुक्काउने बानी बसेको बताएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, गृहमन्त्री अमित शाह पहाड नआउनु नयाँ कुरा होइन किनभने पहिला पनि कतिपल्ट यस्तो भएको हो। आज त मौसम पनि राम्रो थियो तर उहाँ पहिला पनि आउँछु भनेर नआएको नै हो। उहाँहरुलाई झुक्काएर भोट माग्ने बानी बसेको छ। भोट पनि पाईरहेका छन्। यो कुरा नयाँ कुरा होइन। मैले बारम्बार भन्दै आएको छु भारतीय जनता पार्टीले बंगाल विभाजन हुँदैन भनेर भनेको भनेको छ। तर यहाँको लिडरहरुले आफ्नो लिडरले भनेको सुन्दैन। तर त्यही कुरालाई यहाँको लिडरहरुले उल्टा नेरेटिभ बनाएको छ।’
अनित थापाले अघि भने, हामीले केवल भोट मात्र दिन्छौँ भाजपालाई तर भाजपाले केही पनि दिएको छैन। भाजपालाई गोर्खाहरुको भोट महत्त्वपूर्ण छैन तर पनि भाजपालाई भोट दिन्छ। भाजपालाई गोर्खाहरुको भोट महत्त्वपूर्ण भएको भए केही दिने थियो। तर केही दिनु त होइन यहाँ आउनु पनि मानेको छैन।’
अनित थापाले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईको कन्वेमाथि भएको हमलामाथि बोल्दै भने, यस घटनामा पुलिसले झट्टै कार्वाही गर्दै दोषीलाई पक्राउ गरेको छ यसको लागि पुलिस प्रशासनलाई धन्यवाद छ।’









