भाजपाद्वारा दार्जीलिङमा अवैध जुवार गेमिङ नियन्त्रणको माग

IMG-20260529-WA0066

दार्जिलिङ: भारतीय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला समितिले दार्जीलिङमा फैलिँदै गएको अवैध जुवा तथा गेमिङ गतिविधि रोक्न सदर थाना समक्ष हस्तक्षेपको मागसहित निवेदन दिएको छ।
समितिका अनुसार शहरका विभिन्न क्षेत्रमा जुवा सम्बन्धी क्रियाकलाप बढ्दै जाँदा सामाजिक अनुशासन कमजोर हुँदै गएको र धेरै परिवार आर्थिक समस्यामा परेको छ। विशेषगरी युवापुस्तामाथि यसले गम्भीर मानसिक प्रभाव पारिरहेको बताइएको छ।समितिले पेपर लटरी, अनलाइन गेमिङ, तास खेल र ज्याकपोटजस्ता गतिविधिमाथि कडा निगरानी राखी कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै स्वस्थ सामाजिक वातावरणका लागि आवश्यक जानकारी प्रशासनलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ। समितिका अध्यक्ष निरज बन्तावा राईले समयमै कडा कदम नचालिए समाज र युवापुस्तामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

About Author

Advertisement