तीनधारे: भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टिको घटक दलहरुलाई लिएर तीनधारेस्थित स्मृति वनमा आगामी विधानसभा चुनावलाई लक्षित गरी एक चुनावी सभाको आयोजना गरियो। सभा विशेष गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय सदस्य योगराज प्रधानको परामर्श अनुसार गरिएको थियो भने सभा तीनधारे निवासी सनतचन्द्र लोहारको सभाध्यक्षमा सम्पन्न गरियो। सभामा विशेष रुपले भारतीय जनता पार्टी तीनधारे महानदी समष्टिको मण्डलको उपस्थिति रहेको थियो। सभामा गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सचिव सुरेशचन्द्र दर्नाल, भारतीय जनता पार्टीको पन्चायत सदस्यहरू महेश छेत्री, अजय विश्वकर्मा, सुस्मिता गजमेर अनि सुनिता खातीको पनि उपस्थिति थियो भने गोर्खा जनमुक्ति मोर्चाबाट समष्टि उपाध्यक्ष त्रिलोक थापा साथै प्रसाद लाभर, अशोक लामा, रञ्जित तामाङ, महानदीबाट रुपेन तामाङ अनि अन्यहरूको उपस्थिति रहेको थियो। सभालाई गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राईले गरेका थिए।









