भागोप्रमो उम्मेद्वार अमर लामाद्वारा सुकना पानीघट्टा समष्टिको विभिन्न स्थानहरुमा गरे चुनाव प्रचार

IMG-20260415-WA0129

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले बुधवार खरसाङ विधानसभा समष्टि अन्तर्गत सुकना पानीघट्टा समष्टि अन्तर्गत विभिन्न स्थानहरुमा चुनाव प्रचार गरेका छन्। उनीसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र सुकना पानीघट्टा समष्टिको सभासद परेश तिर्की, सुकना पानीघट्टा समष्टिको संयोजक बिन्नी शर्मा लगायत अन्यहरु उपस्थित रहेका थिए। खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाले बुधवार बिहान सुकना पानीघट्टा समष्टि अन्तर्गत सुकनाको खैरेनी, पुन्डिङ, सुकना बजार क्षेत्रमा पनि चुनाव प्रचार गरेका थिए। त्यसपछि सुकना मोडदेखि गाडी र बाइक स्कुटी रैलीको साथमा चम्टा पुगेर चुनाव प्रचार गरेका थिए। चम्टामा अमर लामाले चुनावी सभालाई सम्बोधन गरेका थिए। यसको साथै सिमलबारी, मालीभिट्टा, पैनाकुमारी, मरियनबारी, गाडीधुरा, दुधे हुँदै पानीघट्टा क्षेत्रमा पुगेर चुनाव प्रचार गरेका थिए। उनीसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा पनि साथमा चुनाव प्रचारमा उत्रेका थिए। यस चुनाव प्रचारको क्रममा विभिन्न स्थानहरुमा पुगेर उम्मेद्वार अमर लामाले स्थानीय जनतालाई सम्बोधन गर्दै जनतालाई यसपालीको चुनावमा अपार भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्। उनले आफ्नो सम्बोधनमा मानिसहरुको विभिन्न समस्याहरु समाधान गरिदिने वाचा गरेका छन् भने चुनाव जितेर गाउँ गाउँ आएर काम गर्ने वाचा गरेका छन्। उनले विकासको लागि काम गर्ने एक मात्र लिडर अनित थापा रहेको बताएका छन्‌।

यस चुनाव प्रचारको क्रममा पानीघट्टामा आयोजित एक चुनावी सभामा निरपानी क्षेत्रबाट गरोरामुमो नेता प्रदीप छेत्रीको अगुवाईमा १०० जना जति समर्थकहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यस समर्थन सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले गोरामुमोले आफ्नो सिध्दान्त बिर्सेको र अहिले सुवास घिसिङको वास्तविक सिध्दान्त आफुले बोकेर हिँडेको बताए।

About Author

Advertisement