भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

1e798229-0369-4bf1-8ced-1b91200f9366

रिक्त पदमा १२ जना नयाँ पदाधिकारीहरु चयन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित समष्टिको पार्टी कार्यालयमा सम्पन्न भएको छ।‌सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानले अध्यक्षता गरेका थिए भने समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका थिए। सभामा पूर्व सभासद एंव तीनधारे महानदी समष्टिको सचिव नवराज छेत्री, समष्टि सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, नारी शक्तिको समष्टि सभापति निरा प्रधान, समष्टिको युवा शक्तिको सभापति केवल राई, पञ्चायत समिति सदस्या सरिता मुखिया, प्रेम राई आदिले वक्तव्य राखेका थिए। यसै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिमा रिक्त रहेको पदहरुमा नयाँ पदाधिकारीहरु चयन गरिएको छ। सभाको निर्णय अनुसार 13 जना नयाँ पदाधिकारीहरुलाई समष्टि कमिटीमा चयन गरिएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सचिवको पदमा सुमन प्रधान, प्रणय देवान, सुरज मंगरलाई चयन गरिएको छ।‌ त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे खण्ड समितिको सभापतिको रुपमा कर्म मोक्तानलाई चयन गरिएको छ भने उप सभापतिको रुपमा सत्यम थापालाई चयन गरिएको छ। यसको साथै राजीव राईलाई सिपाहीधुरा बुथ कमिटीको संयोजक, कमल सुब्बालाई सिमरिङ बुथको संयोजक, प्रह्लाद छेत्रीलाई मालुटार बुथको संयोजक र राकेश राईलाई सह संयोजकमा चयन गरिएको छ।‌ सबै संयोजहरुले एक हप्ताभित्र सभा गरेर बुथ स्तरीय कमिटी गठन गर्ने समष्टि कमिटीको तर्फबाट निर्देशन दिइएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उप सभापति धिरेन प्रधान पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement