खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाव कार्यालय घैयाबारीमा उदघाटन गरिएको छ। उक्त चुनाव कार्यालय तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टि सभापति राजीव थापाको उपस्थितिमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको बाहुलीबाट उदघाटन गरिएको छ। उक्त समष्टी चुानव कार्यपालको उदघाटनपछि समष्टी स्तरीय चुनावी सभा पनि सम्पन्न भएको छ। उक्त चुनावी सभा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको अध्यक्षता र समष्टी प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले सम्बोधन गर्दै यो समय हामी सबै पार्टी कार्यकर्ताहरु र पदाधिकारीहरूले आफ्नो आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भनी बताएका छन्।सभासद नवराज छेत्रीले हाम्रो सांगठनिक गतिविधि र हरेक क्षेत्रमा कमिटी रहेकोले यसपालीको चुनावमा पनि हामी जित्छौं भनी दावी पनि गरे। उनले राष्ट्रिय स्तरको पार्टीलाई हामीले टक्कर दिन्दैछौं तर हामी जित्छौं कारण हाम्रो हरेक जिल्ला, महकुमा, खण्ड, पञ्चायत र बुथ स्तरीयदेखि शाखा प्रशाखाहरूमा पनि हाम्रो बलियो कमिटी रहेकोले हामी जित्छौं भनी बताए। उनले अब यसपालीको चुनावमा ग्राम पञ्चायत स्तरीय र बुथ स्तरीय पार्टी पदाधिकारीहरूले अब काम गर्नुपर्छ भनी सुझाव दिएका छन्। सभालाई नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानले पनि सम्बोधन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरू, चारवटै ग्राम पञ्चायतका पञ्चायत प्रधान र उप प्रधानहरू, पञ्चायत समिति सदस्यहरू र पञ्चायत सदस्यहरू साथै विभिन्न बुथका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

आजको समष्टी स्तरीय चुनाव कार्यालय उदघाटन र चुनावी सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराउँदै यसपालीको चुनावमा गोजमुमोले भाजपालाई समर्थन गरे पनि हामीलाई कुनै असर नपर्ने र चुनावको बेला राजनैतिक पार्टीहरूमा गठबन्धन हुनु ठूलो कुरा होइन भनी बताएका छन्।










