भागोप्रमो टुंग सन्तमेरिज समष्टिको समीक्षा सभा सम्पन्न

IMG-20260506-WA0068

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ सन्तमेरिज समष्टिको समीक्षा सभा टुङ सार्वजनिक भवनमा सम्पन्न भयो। विगत दिन सम्पन्न विधानसभा चुनावमा टुंग सन्तमेरिज समष्टिको मतदाताहरुले आ-आफ्नो उम्मेदवारलाई मत खसालेको र यसरी नै खरसाङ विधानसभा क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा मत खसालेर समष्टिलाई पहिलो स्थानमा राखेकोमा मतादाताहरूप्रति समष्टि सभापति तथा सभासद नुरी शेर्पाले कृत्याज्ञता प्रकट गर्दै धन्यवाद दिएका छन्। यसको साथै समष्टिका सम्पूर्ण जनतालाई पनि शान्ति शृङ्खला बनाई राखेकोमा आभार व्यक्त गरेका छन्। जनताको निर्णयलाई स्वीकार गर्दै भागोप्रमो उम्मेदवार अमर लामा पराजित भएकोमा दु:ख व्यक्त गर्दै भावी दिनमा संस्थापक अध्यक्ष अनित थापाले जुन निर्णय लिन्छ उक्त निर्णयलाई टुंग सन्तमेरिज समष्टिले स्वीकार गर्ने सभामा बताएका छन्। उनले सम्पूर्ण जनतालाई पार्टी अध्यक्षको निर्णयको प्रतिक्षामा बसिदिने सभामा आग्रह गरेका छन्।सभालाई टुङ सन्तमेरिज समष्टि महासचिव दिपेश तामाङ, युवा शक्ति सभापति रोशन हांग सुब्बाले विशेष सम्बोधन गरेका थिए भने सभामा समष्टि प्रतिनिधि युवा अनि नारी शक्ति प्रतिनिधि, पंचायत प्रधान, उप प्रधान, समिति सदस्य, पंचायत सदस्य, श्रमिक संगठनका प्रतिनिधि लगायत भागोप्रमोको सक्रिय कार्यकर्ताहरू विशेष उपस्थिति रहेका थिए भने सभालाई बसन्त कुलुङ राईले सञ्चालन गरेका थिए।

About Author

Advertisement