खरसाङ: भागोप्रमो खरसाड महकुमा समितिको पक्षबाट विगत दिनहरूमा जनहितको कार्य गर्न राजनीतिमा अनुभवी महानुभावहरूलाई भलाकुसारी गर्दै उनीहरूको घर दैलोमा पुग्ने कार्य निरन्तर रहेको छन्। यसै परिप्रेक्ष्यमा दशैं एवं तिहारको शुभकामना व्यक्त गर्दै ठूला बढाको शुभ आशिर्वाद लिएर आगामी दिनमा जनहितको निम्ति एवं पहाडको सार्वंगीण विकास कार्यमा एकबद्ध रही कार्य गर्न अघि आएर सल्लाह परामर्श गरिदिने अनुरोध गरियो। कतिपय शारीरिक अस्वस्थ्यको कारण समय अनुरूप पार्टीगत कार्यक्रमहरूमा उपस्थिति दिन नसककेेकोले स्वस्थ्य ठीक भएर भावी कार्यमा सहभागी रहने प्रतिबध्दता जाहेर गरेको भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले बताएका छन्।

भागोप्रमो खरसाङ महकुमा समितिको टोलीले भेटघाटको निम्ति भूपू सभासद प्रणय थापाको घरमा उनको स्वस्थ्य विषय लिएर भलाकुरी गरिएको छ। उक्त टोलीमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, केन्द्रीय समीर दिप ब्लोन, रविन तामङ, पासङ खाडवा(हेन्डी), मिरर लामा, राजु शर्मा, सूर्य कमल छेत्री, विरवल पाखरिन, कमलेश राय, मोहन राय साथै अरू सदस्यहरूको टोली रहेका थिए।










