ब्रायडन कार्स बाहिर भएपछि मदुशंकालाई टीममा सामेल गऱ्यो सनराइजर्सले

IMG-20260415-WA0073

नयाँ दिल्ली: श्रीलंकाका पेस बलर दिलशान मदुशंकालाई चोटग्रस्त ब्रायडन कार्सको स्थानमा आईपीएल २०२६-को रहल म्याचहरूको निम्ति सनराइजर्स हैदराबाद टीममा सामेल गरिएको छ। रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध सीजनको पहिलो म्याच अघि नै नेट्समा अभ्यास गर्दा कार्सको हातमा चोट लागेको थियो। आईपीएलले कार्स बाहिर भएपछि मदुशंकालाई प्रतिस्थापना (रिप्लेसमेण्ट)-को रूपमा टीममा सामेल गर्ने अनुमति गिएको छ। देब्रे हातका पेस बलर मदुशंकाले श्रीलंकाको निम्ति एउटा टेस्ट, २८ वटा वनडे र १९ वटा टी२० इण्टरनेशनल म्याच खेलेर जम्मा ७० विकेट लिएका छन्। आईपीएलद्वारा जारी बयानमा उनी ७५ लाख रुपियाँमा सनराइजर्समा सामेल हुने जानकारी दिइएको छ। यसअघि उनी मुम्बई इण्डियन्स टीमको हिस्सा रहिसकेका छन्। यसबीच सनराइजर्सका नियमित कप्तान प्याट कमिन्स १७ अप्रेलसम्म भारत फर्किने सम्भावना रहेको छ। अष्ट्रेलियामा फिटनेस टेस्ट भएपछि उनी भारत आएर सनराइजर्सको टीममा सामेल हुनेछन्। कमिन्सको स्थानमा अहिले ईशान किशनले टीमको कप्तानी गरिरहेका छन्। सनराइजर्सले अहिलेसम्म ५ वटा म्याच खेलेर केवल २ वटा जितेको छ।

About Author

Advertisement