गेजिङ: मानेबुङ-देन्ताम क्षेत्रको बेगा गुम्पा डाँडा वार्डमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक समावेशी कार्यक्रमको अवसरमा यस वार्डका छ परिवारले बिपक्षी एसडीएफ पार्टीलाई त्यागी सत्तरुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन। पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको असल राजनीतिको प्रभाव रहेको बताउँदै वर्तमान सरकारको समावेसी राजनीतिक सोच थाहा लागेपछि अब जनताको हितमा एसकेएम मात्रै रहेको हुँदा आफुहरुले एसडीएफ पार्टी त्यागेर सत्तारूढ़ पार्टीमा सामेल हुने निर्णय लिएको बताए। आजको यस समावेसी कार्यक्रममा क्षेत्र प्रभारी पूर्णहाङ सुब्बाले अध्यक्षता गरेका थिए। साथमा गेजिंग जिल्ला पञ्चायत उपाधक्षय अनिता राई, जल स्रोत बिभागका अध्यक्ष पेमा वाङ्चुक शेर्पा, जिल्ला पञ्चायत दिनेश गुरुङ, तारमित लेप्चा क्षेत्र सभापति दावा नर्बू शेर्पा, जिल्ला पार्टीका महासचिव सुदेश कुमार सुब्बा, वार्ड पञ्चायत साथै स्थानीय जनताको उपस्थिति रहेको थियो।
आज समावेस हुने सबै परिवारलाई क्षेत्र प्रभारी सुब्बाले खदा लगाएर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा साथै डायरी बितरण गर्दै औपचारीक रुपमा पार्टीमा स्वागत जनाए। सभा पछि आज पार्टीमा सामेल हुने परिवारको घर दैलोमा गएर विपक्षी एसडीएफ पार्टीको झण्डा निकालेर सत्तरुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा लगाएको छ्। आज सामेल हुने परिवारमा
डकमाया गुरुङ, मोहन गुरुङ, धनबहादुर गुरुङ, रबिन गुरुङ, सन्तोष गुरुङ, हेम कुमार गुरुङ रहेका छ्न।









