गान्तोक: राज्यको वन तथा वातावरण विभागले हालै गान्तोक शहर नजिक रहेको बुलबुले आरक्षित वन क्षेत्रभित्रको वनस्पति संरक्षण केन्द्र नजिक अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको छ।
अभियानका क्रममा वन विभागले अतिक्रमण गरी सञ्चालनमा रहेका ११ वटा दाेकान हटाएको छ। साथै विभागद्वारा निर्माण गरिएका १३ वटा नयाँ दाेकान लाभग्राहीहरूलाई हस्तान्तरण गरिएको छ। ११ अतिक्रमित दाेकान हटाइयो, १३ नयाँ दाेकान लाभग्राहीलाई हस्तान्तरण गरियो।
विभागीय स्रोतका अनुसार आरक्षित वन क्षेत्रको वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको हो। लामो समयदेखि उक्त क्षेत्रमा अवैध अतिक्रमण तथा अनियन्त्रित संरचना निर्माणप्रति चिन्ता व्यक्त हुँदै आएको थियो।
वन तथा वातावरण विभागले भविष्यमा पनि आरक्षित वन क्षेत्रभित्र हुने अवैध अतिक्रमणविरुद्ध कडा निगरानी तथा आवश्यक कारबाही जारी राखिने जनाएको छ।











