गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बुद्ध पूर्णिमाको पावन अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुक्रबार बिहान एक सन्देश जारी गर्दै उहाँले भगवान गौतम बुद्धका त्याग, अहिंसा र करुणाका सन्देशहरूलाई आत्मसात् गर्न सबैमा आग्रह गर्नुभएको हो।
राज्यपाल माथुरले सिक्किमको विशिष्ट संस्कृतिमा बुद्धका शिक्षाहरू गहिरोसँग भिजेको उल्लेख गर्दै यसले राज्यको पहिचानलाई विश्वमञ्चमा अलग बनाएको बताउनुभयो। उहाँले सिक्किम ‘विविधतामा एकता’ को जीवित उदाहरण रहेको चर्चा गर्दै बुद्धका शिक्षामार्फत समाजमा सद्भाव र भाइचाराको भावनालाई अझ सुदृढ बनाउन आह्वान गर्नुभयो। उहाँले भगवान बुद्धको ज्ञानको प्रकाशले सबैको जीवनमा सुख र शान्ति ल्याओस् भनी प्रार्थना समेत गर्नुभएको छ।









