बुजुर्गहरूसित २४ करोड़को ठगी मामिलामा तृणमूल सांसद नुसरतको संस्था विरूद्ध प्राथमिकी

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः बुजुर्ग नागरिकहरूसित २४ करोड़ रूपियाँको ठगी मामिलामा तृणमूल कांग्रेसकी अभिनेत्री सांसद नुसरत जहांको संस्था विरूद्ध कोलकाता पुलिसले प्राथमिकी दर्ता गरेको छ। लाल बजार स्थित कोलकाता पुलिस मुख्यालय सूत्रहरूले यसको पुष्टि गरेको छ। जानकारी अनुसार, संस्था विरूद्ध वित्तीय हिनामिनाको शिकायत दर्ता गरिएको छ। सूत्रहरू अनुसार, गरियाघाट थानामा प्राथमिकी दर्ता गरिएको छ। यद्यपि, यस प्रकारको लिखित शिकायत पहिले पनि जमा गराइएको थाहा लागेको छ र यस मामिलामा कोर्टले कोलकाता पुलिसको गोप्य विभागलाई जाँच गरी रिपोर्ट सुम्पिनलाई पनि भनेको थियो। यस मामिलामा संस्थाका सबै निदेशकहरू र कर्मचारीहरूसित सोधपुछ गरिएको थियो। सबैले रूपियाँ लिएको स्वीकार पनि गरेका थिए। अब नयाँ प्रकारले यसमा जाँच शुरू हुन गइऱहेछ।

उल्लेख्य, वर्ष २०१४ मा ४२९ वरिष्ठ नागरिकहरूबाट ५.५५ लाख प्रति व्यक्ति लिइएको थियो। उनीहरूलाई तीन वर्षभित्र न्यू टाउनमा हिडको नजिक थ्री बीएचके फ्ल्याट दिइने वाचा गरिएको थियो तर लगभग १० वर्ष हुन लागेको छ, कसैले केही पनि पाएका छैनन्। जुन संस्थाले यो ठगी गरेको छ, त्यसको निदेशक मण्डलीमा नुसरत जहाँ पनि सामेल छिन्।

यसैले नुसरत विरूद्ध भाजपा नेता शंकुदेब पान्डाले नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको भनाईमा प्रवर्तन निदेशालय (ईडी) कहाँ पनि गत सोमवार लिखित शिकायत दर्ता गराएर सबै दस्तावेज जमा गराएका छन्। यसको दुई दिनपछि नुसरतले कोलकाता प्रेस क्लबमा प्रेस कन्फ्रेन्स गरी स्पष्टीकरण दिएकी थिइन् तर पत्रकारहरूको तर्फबाट प्रश्न सोधिएपछि रिसाएर केवल सात मिनटभित्र उठेर गएकी थिइन्।

-हिस

About Author

Advertisement