बंगालमा डेङ्गूले अझ् एकको मृत्यु

AdobeStock_299317228.jpeg

कोलकाताः पश्चिम बंगालमा लामखुट्टे जनित रोग डेङ्गूले अझ् एक व्यक्तिको ज्यान गएको छ। घटना नदिया जिल्लाको हो। यहाँ कल्याणी जेएनएम अस्पतालमा भर्ती एक व्यक्तिको मृत्यु भएको छ। उनी राणाघाट निवासी थिए।

जानकारी अनुसार, गत सात-आठ दिनदेखि उनी डेङ्गूले संक्रमित थिए र यसै अस्पतालमा उपचाराधीन थिए। यहॉं उनको शुक्रवार मृत्यु भयो। मृत्यु प्रमाणपत्रमा मृत्युको कारण डेङ्गू उल्लेख छ। यसका साथै पश्चिम बंगालमा गत २२ दिनमा डेङ्गूले मर्ने व्यक्तिहरूको संख्या बढ़ेर १० भन्दा धेरै भएको छ।

उल्लेखनीय छ, राज्य विधानसभामा स्वय मुख्यमन्त्री ममता ब्यानर्जीले पनि राज्यमा डेङ्गूको चार हजार मामिला रहेको बताएका थिए।

About Author

Advertisement