बुङकुलुङ बस्तीमा तीन दिवसीय आधुनिक मौरी पालन प्रशिक्षण कार्यक्रम सम्पन्न

a5b8045a-7aa8-4191-abe0-e4685fc4037f

खरसाङ: कमन फेसिलिटी सेन्टरमा डब्ल्युडब्ल्युएफ ईण्डिया प्रोजेक्ट दार्जिलिङ फिल्ड अफिस अन्तर्गत बुङकुलुङ हनि एण्ड एग्रो इण्ड्रसटियल को-ओपरेटिभ सोसाइटीको संयुक्त आयोजनामा तीन दिवसीय आधुनिक मौरी पालन प्रशिक्षण कार्यक्रम
सफलतापूर्वक सम्पन्न भयो। डब्ल्युडब्ल्युएफ ईण्डिया दार्जीलिङ फिल्ड अफिसका पोजेक्ट अफिसर अभिषेक प्रधान तथा कोऑर्डिनेटर दीपेन्द्र सुनारको सहयोगमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा २० जना बुङकुलुङ बस्तीका मौरी पालकहरू सहभागी भएका थिए। प्रशिक्षणमा प्रमुख प्रशिक्षक खरसाङको सिङ्गेल निवासी पीडी लामाले गरेका थिए भने सहयोगी प्रशिक्षकको रुपमा पवन सुब्बा अनि कमल सुब्बा रहेका थिए। प्रशिक्षण कार्यक्रममा प्रशिक्षकले आधुनिक मौरी पालन सम्बन्धी प्राविधिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षणका अन्तिम दिन बुङकुलुङ बस्तीका २२ जना मौरी पालकहरू प्रत्येकलाई मौरीको आधुनिक मौरीबॉक्स एकवटा जम्मा २२ वटा, पन्जा २२ वटा, मैनबाट बनाएको चाका साथै २ ग्रुपलाई २ वटा मह निक्सन मेसिन डब्ल्युडब्ल्युएफ ईण्डिया
दिपेन्द्र सुनार र अभिषेक प्रधान साथै युमा समाज बुङकुलुङ बस्तीका सभापति सचिव शिव प्रसाद सुब्बा, जेके सुब्बा र माया सुब्बाको बाहुलीबाट उपकरणहरू वितरण गरियो ।
अन्तमा डब्ल्युडब्ल्युएफ ईण्डिया दार्जीलिङ फिल्ड अफिसका कोअर्डिनेटर दिपेन्द्र सुनारले सम्पूर्ण मौरी पालकहरूलाई ध्यानपूर्वक र व्यवस्थित रूपमा मौरीपालन गर्ने सुझाव दिए साथै आगमी महिनामा रानी उत्पादन, मौरीको आधुनिक बक्स बनाउने प्रशिक्षण साथै मौरी पालनको लागि उपयोगी रुखका विरुवाहरू सम्बन्धी पनि प्रशिक्षण गराइने सुझाव दिएका थिए।

About Author

Advertisement