नयाँ दिल्ली: बीडब्ल्यूएफ विश्व ब्याडमिण्टन च्याम्पियनशीप २०२६-को आयोजन १७-देखि २३ अगस्तसम्म नयाँ दिल्लीको इन्दिरा गान्धी इण्डोर स्टेडियममा हुनेछ। च्याम्पियनशीपमा भारतका शीर्ष शट्लरहरूले हिस्सा लिइरहेका छन्। ओलम्पिकमा २ पल्टकी पदक विजेता पीभी सिन्धूले बताएअनुसार, च्याम्पियनशीपको आयोजन भारतमा हुनु खास हो। यसको साथमा सिन्धूले उनी यस टुर्नामेण्टमा आफ्नो २०१९-को प्रदर्शन दोहोऱ्याउन सफल हुने आशा व्यक्त गरिन्। सिन्धूले भनिन्, विश्व च्याम्पियनशीप भारतमा हुनु खास कुरा हो। म उत्साहित र खुशी छु। लामो समयपछि च्याम्पियनशीपको आयोजन भारतमा भइरहेको छ। मैले २०१९-मा विश्व च्याम्पियनशीप जितेकी थिएँ। लगभग ७ सालपछि मलाई फेरि असल प्रदर्शनको आशा रहेको छ। जापान ओपनले मलाई आत्मविश्वास दिएको छ। त्यस लयलाई कायम राख्न सफल हुनेछु भन्ने मलाई विश्वास छ। अहिले सबैथोक ठीक छ। म एकपल्टमा एउटा म्याचमा ध्यान दिइरहेकी छु अनि प्रतियोगिता शुरु हुने प्रतीक्षा गरिरहेकी छु। यसबाहेक हामीलाई स्थानीय मानिसहरूका समर्थन हासिल हुनेछ। म पदक जित्ने कोशिश गर्नेछु।
बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपको आयोजन १७ सालपछि भारतमा भइरहेको छ। विश्वका शीर्ष ब्याडमिण्टन खेलाड़ीहरूले प्रतिष्ठित खिताबको निम्ति चुनौती पेश गर्नेछन्। इन्दिरा गान्धी इण्डोर स्टेडियम टुर्नामेण्टको आयोजनको निम्ति सम्पूर्ण रूपले तयार छ। भारतले यसअघि २००९-मा पहिलोपल्ट बीडब्ल्यूएफ च्याम्पियनशीपको आयोजन गरेको थियो। साल दिनसम्म चलल्ने यस टुर्नामेण्टमा ६४ जना पुरुष र ६४ जना महिला खेलाड़ीले एकल वर्गमा हिस्सा लिनेछन्। यसरी तीनवटा युगल वर्ग (महिला, पुरुष र मिश्रित)-मा ४८ वटा जोड़ीले खिताबको निम्ति चुनौती पेश गर्नेछ। म्याहरू १७ अगस्तदेखि शुरु हुनेछ। पहिलो दिन पुरुष र महिला एकल ड्र-को शीर्ष हाफका म्याचहरू खेलिनेछ। भारतको विश्व च्याम्पियनशीपमा असल रेकर्ड रहेको छ। देशले १९८३-मा पहिलोपल्ट पदक जितेको थियो, जब प्रकाश पादुकोणले काँस्य पदक हासिल गरेका थिए। २०११-देखि भारतले बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपको प्रत्येक संस्करणमा कम्तीमा एउटा पदक जितेको छ। लगातार ११ वटा संस्करणमा भारतले जम्मा १४ वटा पदक जितेको छ। लगातार असल प्रदर्शनको मामिलामा चीन मात्र भारतभन्दा अघि रहेको छ।










