झापा (नेपाल): झापाको बिर्तामोडमा बस दुर्घटना भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। गौरीगञ्जबाट बिर्तामोडतर्फ माओवादी केन्द्रको युवा संगठन वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको को१ ख ३००९ नम्बरको बस अन्दाजी पौने २ बजे बिर्तामोड- २ स्थित चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो। दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। बिर्तामोडको सिटी सेन्टरमा आज माओवादी केन्द्रनिकट वाइसिएलको छैटौँ जिल्ला अधिवेशन आयोजना गरिएको छ।











