सिलगढी: गेटबजार युथ क्लबको पहलमा आइतबार क्लब प्रांगणमा निःशुल्क मेगा स्वास्थ्य तथा रक्तदान शिविरको आयोजना गरिएको हो। यस शिविरलाई सफल बनाउन लायन्स क्लब अफ जलपाईगुडीले सहयोगको हात बढायो। उक्त शिविरमा ठूलो संख्यामा मानिसहरुले रक्तदान गरे। लायन्स क्लबका अध्यक्ष सुनिल महन्ती, उपाध्यक्ष अमिताभ सेनगुप्ता र महासचिव पियुष दासगुप्ताले उनीहरुलाई प्रमाणपत्र र बिरुवा हस्तान्तरण गरे। यसका साथै शिविरमा क्लबबाट आएका बिरामीलाई निशुल्क सुगर, ब्लडप्रेसर र आँखा जाँच समेत गरियो।











