बिरिक डाँड़ामा पैह्रोले सड़क ताने पछि राष्ट्रिय राजमार्ग १० पुन: बन्द

IMG-20240808-WA0192

मङ्पु: राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिरिक डाँड़ा, २१ माइल नजिक भुईचालेमा पैह्रोले रोड पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि राष्ट्रिय राजमार्ग १० पूर्ण रूपमा बन्द भएको छ। पैह्रोले बन्द अवस्थामा ख राष्ट्रिय राजमार्ग १० स लगातार रूपमा कार्य भईरहेको भए पनि आजको पैह्रोले झन राष्ट्रिय राजमार्ग १० खोल्न अझैं धेरै समय लाग्ने देखिएको छ। आज बिहान राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिरिक डाँड़ाको भुँइचालेमा पैह्रो गएर सड़क नै सबै लगेको छ। उक्त पैह्रोले सड़क सबै तानेपछि पैदल हिँड्न सक्ने बाटो समेत नरहेको बताइएको छ। पैह्रोले सड़क नै तानेपछि बाटो भीरमा रहेको छ। यो पैह्रो काटेर रोड खोलाउन निक्कै समय लाग्न सक्ने देखिएको बताएइएको छ।

About Author

Advertisement