खरसाङको सिंगेल चियाबारीमा जियो कम्पनीले काम राम्रो नगरेको आरोप

IMG-20240808-WA0195

खरसाङ: खरसाङ बजारदेखि मुनितिर रहेको सिंगेल चिया बगानको बाटोमा जियो कम्पनीले गरेको काममा लापरवाही देखिएकोले भविष्यमा यस प्रकारको लापरवाहीको कारण गाउँवासीले धेरै समस्या भोग्न पर्ने आशङ्का व्यक्त गर्दै तृणमूल कंग्रेसका श्रमिक नेता सन्तोष तामाङले यसको विरोध जनाएका छन्। उनले यस सन्दर्भमा जियो कम्पनीको ध्यान आर्कषण गराउँदै शीघ्र नै कामको देखरेख गरेर सठीक ढङ्गमा काम गर्नु पर्ने अन्यथा ग्रामवासीले सड़कमा उत्रिएर काम रोक्न बाध्य बन्ने चेतावनी समेत दिएका छन्। तामाङले आरोप लगाए अनुसार गाउँवासीले यस काममा ठेकेदारलाई काम सम्बन्धी जानकारी लिन फोन गर्दा समेत उनले राम्रो ध्यान दिएका छैनन् अनि उनीहरूको भनाइलाई गम्भीरतापूर्वक लिएका छैनन् जसले गर्दा उनीहरू यसको प्रतिवादमा सडकमा उत्रिन बाध्य बन्ने छन् भनी बताएका छन्।

About Author

Advertisement