बिरामीहरूको सेवामा सुधार ल्याउन रोगी कल्याण समिति चेयरम्यान गौतम देवले गरे बैठक

Capture4-7.png

सिलगढी: बिरामीहरूको परिसेवालाई लिएर विविध अभियोग उठेपछि रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका कर्तृपक्षसित एउटा बैठक गरे। उक्त बैठकमा बिरामीहरूलाई उचित परिसेवा प्रदान गर्ने विषयमा चर्चा परिचर्चा गरियो। अस्पतालका सबै कर्मचारीहरूलाई सटीक रूपमा कार्य गर्न लगाउने भन्दै अस्पतालका कर्तृपक्षलाई तिनले निर्देश दिए। यति मात्र नभएर कर्मचारीहरूको कार्यमाथि विशेष नजर राख्ने गौतम देवले बताए। बिरामी परिसेवामा विविध अभियोग उठेकोले गर्दा चेयरम्यान गौतम देवले ती समस्याहरूको समाधान गरिने बताए। तिनले अझ भने, चाँडै नै राज्य स्वास्थ्य विभागबाट उत्तम उपचारको लागि ‘मदर एन्ड चाइल्ड केयर युनिट‘ बनाउने अनुरोध गरिनेछ। उक्त युनिटको निर्माण भएपछि रोगीहरूले उचित सेवा पाउनेछन्।

About Author

Advertisement