कर्थोकमा सम्पन्न भयो सिद्धा देवी धामको प्राण प्रतिष्ठा

IMG-20240213-WA0182.jpg

सोरेङ: कर्थोक निवासी स्व. गोविन्दास चापागाइँ एवं पविमाया चापागाइँ परिवारद्घारा नवनिर्मित सिद्धा देवी धामको प्राण प्रतिष्ठा आज पण्डित केशव शरण अधिकारीको सानिध्यमा क्षेत्र विधायक आदित्य गोलेको करकमलद्घारा सम्पन्न गरि समाजप्रति समर्पित गरिएको छ। तीन दिने धार्मिक अनुष्ठान अन्तर्गत प्राण प्रतिष्ठाको दोस्रो दिन विधायक गोले प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, क्षमता विकास बोर्डका अध्यक्ष राजेन बस्नेत, जिल्ला तथा ग्राम पञ्चायतगण, चापागाइँ परिवार, जमीनदाता ऐतसिंह लेप्चा, स्थानीय भेकका वरिष्ठ नागरिकगण र भक्तजनहरुको बाक्लो उपस्थिति थियोे। कार्यक्रममा सिद्धा देवी धाम निर्माणमा सहयोग पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान विधायक गोलेको बाहुलीबाट गरियो।

About Author

Advertisement