खरसाङ: वर्तमानमा रहेको राजनीतिक परिवेश बिषयमा साथै गोजमुमो अध्यक्ष बिमल गुरुङले अनित थापालाई थुक्नु भनेको विषयमा बोल्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले यसको विरोध जनाएका छन्। उनले एक भिडियो जारी गर्दै आफुहरु पार्टी अध्यक्ष अनित थापाको नेतृत्वमा यथार्थको राजनीति गर्ने भएकोले स्वच्छ र सुन्दर पहाड चाहेको बताएका छन्। उनले चुनावमा हारजीत हुन्छ भन्दै समष्टिको जनताले दिएको मतप्रति आभार प्रकट गरेका छन्। उनले आफुहरू अनित थापाको सोच र भिजनमा रहेर काम गर्ने व्यक्तिहरु रहेको बताउँदै गोजमुमो अध्यक्ष बिमल गुरुङले पार्टी अध्यक्ष अनित थापालाई थुक्नु भन्ने कुराको विरोध जनाएका छन्। भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले हामी पनि २००७ देखि बिमल गुरुङको नेतृत्वमा योध्दा भएर काम गरेको बताउँदै यस्तो किसिमको थुक्ने र धम्काउने कुराको विरोध गरेका छन्। यसको हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको तर्फबाट नै घोर विरोध जनाउँदछौँ। उनले भने , हामी डराएको होइन, हामी सडकमा निस्कन पनि सक्छौं। अब डबल इञ्जिनको सरकार छ। अब एक आपसमा झगडा नगरेर डबल इञ्जिनको सरकारमा गोर्खाको लागि के माग्नु पर्ने हो सोचेर माग्नुपर्ने समय हो यो। थापाले भने, गोर्खाल्याण्ड नपाएसम्म अध्यक्ष अनित थापाले सरकारसित मिलेर काम गर्ने व्यक्ति हुन्।’










