बिधाननगर ग्राम पञ्चायत अन्तर्गत खुदीराम पल्लीमा रक्तदान शिविर

मालबजार: रक्तदान जिवन दान हो| यसै उदेश्यलाई लिएर आज मटेली क्षेत्रको बिधाननगर ग्राम पञ्चायत अन्तर्गत खुदीराम पल्लीमा रक्तदान शिविरको आयोजन गरियो| उक्त कार्यक्रममा मटेली क्षेत्रको सालबाड़ी एसएसबीका २१ जना जवानहरूद्वारा रक्तदान गरेका थिए| उक्त कार्यक्रम खुदीराम पल्लीको समाजसेवी मफिजुल इस्लामद्वारा गरिएको थियो|
जसलाई माल सुपर स्पेसलिटी हस्पिटल, एसएसबी अनि लाइन्स क्लब मालद्वारा सहयोग गरिएको थियो|

उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा एसएसबीका अधिकारी जितेन्द्र सिंह सेखावत, राज कुमार, मटेली-बाताबारी १ नम्बर ग्राम पञ्चायतको प्रधान दिपक भुजेल, बिधाननगर ग्राम पञ्चायतको प्रधान नितेन राई अनि अन्य मानिसहरूको उपस्थिति रहेको थियो| उक्त रक्तदान शिविरमा मोठ ३९ जना मानिसहरूले रक्तदान गरेका थिए|

About Author

Advertisement