बिजनबारीलाई महकुमा बनाउने मागबारे मन्त्री विशाल लामासँग भेटवार्ता

aac07cac-5695-4767-a383-3d5c0b6a828d

बिजनबारी: बिजनबारी सब-डिभिजन डिमान्ड कमिटीको एक प्रतिनिधि टोलीले पश्चिम बंगाल सरकारका पार्वत्य मामिला, गृह तथा अल्पसंख्यक विकास विभागका भारप्राप्त मन्त्री विशाल लामालाई उत्तर कन्याको कार्यालयमा भेट गरी बिजनबारीलाई महकुमा बनाउने मागबारे छलफल गरेको छ। कमिटीका अध्यक्ष पुनम दर्नालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले भेटवार्ता अत्यन्तै सकरात्मक रहेको जनाएको छ।

छलफलका क्रममा मन्त्री लामाले चाँडै नै बिजनबारी क्षेत्रको भ्रमण गरी स्थलगत अवस्थाको अध्ययन गर्ने तथा यस सम्बन्धमा विस्तृत रिपोर्ट तयार पारेर राज्य सरकार समक्ष बुझाउने प्रतिबद्धता व्यक्त गरेको समेत बताइएको छ। मन्त्रीको यस सकरात्मक आश्वासनले बिजनबारी सब-डिभिजनको मागलाई थप बल पुगेको प्रतिनिधि टोलीको पक्षमा पुनम दर्नालले विश्वास व्यक्त गरेका छन्। साथमा मन्त्रीसितको अर्थपूर्ण भेटघाटले मागलाई थप बल मिलेको उनको भनाइ छ।
प्रतिनिधि टोलीमा अध्यक्ष दर्नालबाहेक वरिष्ठ सदस्य एल एम लामा, सुशील अग्रवाल, कंचन गुरुङ, प्रविन राई, संगिता राई, यौवन गुरुङ इन्द्र शर्मा लगायतको बिशेश रूपमा उपस्थिति थियो।

About Author

Advertisement