बिग्रिएको ट्रकमुनि काम गरिरहेको चालकको अर्को ट्रकले किल्चिएर मृत्यु

f599a06f-164a-45ac-a396-5167a418e550

अलिपुरद्वार: राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अलिपुरद्वार ब्लक-२ को राष्ट्रिय राजमार्ग नम्बर ३१ को तेतुलतला क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार, ट्रक चालक राष्ट्रिय राजमार्गमा क्षतिग्रस्त ट्रक मुनि काम गरिरहेका थिए ।अचानक अर्को ट्रकले नियन्त्रण गुमाएर राजमार्गमा बिग्रिएको ट्रक पछाडि पार्क गरिएको एउटा गाडीलाई ठोकर दियो। जसका कारण ट्रक मुनि काम गरिरहेका व्यक्तिको घटनास्थलमै मृत्यु भयो। दुर्घटनाको जानकारी पाएलगत्तै शामुक्तला सडक चौकीको पुलिस घटनास्थल पुगेको थियो। पुलिसले मृतकको पहिचानको प्रयास गरिरहेको छ। शवलाई नियन्त्रणमा लिएपछि दुर्घटनामा परेका दुवै सवारी साधनलाई पुलिसले नियन्त्रणमा लिएको छ।

About Author

Advertisement