बाह्र सालको प्रतीक्षापछि परेङ गैरीगाउँ स्पोर्टिंग क्लब बन्यो च्याम्पियन

e029abe4-6b0b-444e-aa2f-e418add540ea

जलढका: परेङ गैरीगाउँ स्पोर्टिंग एण्ड सोसियल क्लबको आयोजनामा सम्पन्न इण्टर–भिलेज नकआउट फूटबल टुर्नामेण्ट २०२६ रोमाञ्चक खेल, उत्साहजनक सहभागिता तथा विविध सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भयो।
प्रतियोगितामा जुनियर बोइज, भेटरन्स र सिनियर गरी तीनवटा वर्गमा फूटबल प्रतियोगिता आयोजना गरिएको थियो। जुनियर बोइजको फाइनलमा बेलायर्स एकाडमीले स्प्रिंग डेल एकाडमीलाई पराजित गरी खिताब जित्यो। यसरी भेटरन्स वर्गमा जलढका रनर्स क्लबलाई पराजित गरी रोंगो भेटरन्स क्लब च्याम्पियन बन्यो। मुख्य आकर्षण सिनियर वर्गको फाइनल खेल रहेको थियो, जसमा परेङ गैरीगाउँ स्पोर्टिंग क्लबले युनाइटेड सोल गोदकलाई पेनल्टी शूटआउटमा पराजित गरी ट्रफी जित्यो। निर्धारित समयको खेलमा स्कोर १–१ गोलको बराबरीमा रहेको थियो। परेङ गैरीगाउँ स्पोर्टिंग क्लबले यसअघि २०१४ मा फाइनलमा स्थान बनाए पनि खिताब जित्न सकेको थिएन तर यसपाली चाहिँ १२ सालपछि क्लबले ऐतिहासिक जीत हासिल गऱ्यो। लामो समयदेखिको प्रतीक्षा, निरन्तर मेहनत र संघर्षपछि प्राप्त यस ऐतिहासिक सफलताले क्लबका खेलाड़ी, पदाधिकारी तथा समर्थकहरूमा थप उत्साह र खुशी ल्याएको छ। कार्यक्रममा ४५ नम्बर समष्टिका सभासद् लाक्पा नामगेल भोटिया, एसएसबी परेङ आउटपोस्टका इञ्चार्ज मन्ना मजुमदार, रोंगो–जलढका मण्डलका नारद शर्मा, जलढका थाना ओसी मधुरन तामाङ, रोंगो–जलढका महिला मण्डलकी निर्मला शर्मा, पञ्चायत प्रधान गोविन्द गुरुङ लगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement