बालासोर रेल दुर्घटनामा मृतकहरूको श्रद्धाञ्जली

de4b18a1-fccd-4dee-8677-32b92ba6d1d1

ओदलाबारीः लायन्स क्लब अफ ओदलाबारीको आयोजनामा गत २ जुन ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा परी ज्यान गुमाएका यात्रीहरूको निम्ति ओदलाबारीमा शोकसभाको आयोजना गरियो। क्लबका सदस्यहरूले मौनबत्ती बालेर फूल अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि आत्मा शान्तिको कामना गर्दै दुई मिनटको मौनधारण पनि गरेका थिए। उदयन सेन, लिटन सरकार, प्रशनजीत दे सरकार, झुना बडाइक, अनिल थापा, मिल्टन नन्दी, पिङ्की भौमिक लगायत क्लबका प्रमुख सदस्यहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। लायन्स क्लब अफ ओदलाबारीका सचिव अनिल थापाले भने, यति ठूलो सङ्ख्यामा मानिसहरूको असामायिक निधन हुनु अत्यन्त दुःखदायी हो। वर्तमानमा देश दुखी छ। मृतकहरूको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। नगरकट्टा चियाबारीका युवा सागर खडियाको दुर्घटनामा मृत्युले हामी दुखी छौँ। यस दु:खद घडीमा हामी क्लब सदस्यहरू मृतकका परिवारको साथमा छौँ।

About Author

Advertisement