कोलकाताः भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आगामी १६ जूनमा नन्दीग्राममा जनसभा गर्न चाहन्छन्। यद्यपि, जिल्ला प्रशासनले उनलाई अनुमति दिइऱहेको छैन, जसलाई लिएर उनले आज कोलकाता हाईकोर्टमा याचिका लगाएका छन्। न्यायाधीश राजशेखर मन्थाको एकल पीठमा याचिका स्वीकार गरिएको छ। शुक्रवार मामिलाको सुनवाई हुनेछ।
उल्लेख्य, मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीले नन्दीग्राममा २० किमीसम्म पदयात्रा गरेका थिए, जसको जवाफमा शुभेन्दुले पनि जनसभा गर्ने चेताउनी दिएका थिए। तर जिल्ला प्रशासनको अनुमति नपाउँदा उनले हाईकोर्टको ढोका ढकढकाएका छन्।
-हिस










