बालासनमा इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्ट शुरु

photocollage_2023612132823701.jpg

१२ जूनः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आइतवारदेखि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टको आयोजन शुरु गरियो। बालासन खेल मैदानमा पहिलो दिन दुईवटा म्याच खेलियो। पहिलो म्याचमा युनाइटेड लेबोंगले धजिया एफसी-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा युनाइटेड सोनादाले लोवर सीडर्सलाई १-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

Advertisement