आईसीसी वनडे वर्ल्ड कप २०२३बीसीसीआई-को शेड्यूल ड्राफ्ट तयार

IMG-20230612-WA0241.jpg

भारत-पाक म्याच १५ अक्टोबरमा

१२ जूनः आईसीसी वनडे वर्ल्ड कप २०२३ अक्टोबर-नोभेम्बर महिना भारतमा आयोजन गरिनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले टुर्नामेण्टको निम्ति शेड्यूल ड्राफ्ट गरेको छ। यस अनुसार टुर्नामेण्टको पहिलो म्याच ५ अक्टोबरमा खेलिनेछ। उद्घाटन म्याचमा २०१९-को च्याम्पियन अष्ट्रेलिया र न्यूजील्याण्डबीच भिड़न्त हुनेछ। भारतले आफ्नो पहिलो म्याच यसको तीन दिन पछि अष्ट्रेलिया विरुद्ध चेन्नईमा खेल्नेछ। ईएसपीएन क्रिकइन्फो-को रिपोर्टमा यस्तो दावी गरिएको छ। वर्ल्ड कपमा भारत र पाकिस्तानबीच १५ अक्टोबरमा म्याच हुनेछ। दुई चीरप्रतिद्वन्द्वी टीमबीच म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। यो विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम हो। यस स्टेडियमको दर्शक क्षमता एक लाख रहेको छ। भारत र पाकिस्तानबीच म्याचलाई क्रिकेटको सबैभन्दा ठूलो म्याचहरूमा एक मानिन्छ। यसअघि २०२२-को टी२० वर्ल्ड कपमा यी दुई टीमबीच भिड़न्त हुँदा मेलबर्न क्रिकेट ग्राउण्ड हाउसफूल रहेको थियो। मेलबर्न क्रिकेट ग्राउण्डको पनि दर्शक क्षमता एक लाख रहेको छ। भारतले ९ वटा मैदानमा आफ्नो ग्रुप म्याच खेल्नेछ। भारतले ११ नोभेम्बरमा आफ्नो अन्तिम ग्रुप म्याच बेंगलुरुमा खेल्नेछ।
बीसीसीआई-ले ड्राफ्ट शेड्यूल आईसीसी-सँग शेयर गरेको छ। यसलाई टुर्नामेण्टमा हिस्सा लिने देशहरू समक्ष फीडब्याकको निम्ति पठाइनेछ। त्यसपछि आउँदो हप्ताको शुरुवातमा अन्तिम शेड्यूल जारी गरिनेछ। ड्राफ्ट शेड्यूलमा सेमिफाइनलको निम्ति मैदानहरूको जानकारी रहेको छैन। सेमिफाइनल म्याचहरू १५ र १६ नोभेम्बरमा खेलिने सम्भावना छ। फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ। टुर्नामेण्टको उद्घाटन म्याच पनि अहमदाबादमा खेलिनेछ।

About Author

Advertisement