बाढी प्रभावितहरूलाई सहयोग पुर्याउन रम्फू पुग्यो आस्था पारा मेडिकल नर्सिङ इन्स्टिट्युट

IMG-20231006-WA0222

सिलगढी: उत्तर सिक्किममा ड्याम फुटेपछि सिक्किमलगायत कालेबुङ क्षेत्रमा धेरै क्षति पुगेको छ। नदी नजिक रहेका अधिकांश ठाउँ नै ध्वस्त बनेपछि धेरैवटा बस्ती उजाड़ बनेको छ। यस्तो अवस्थामा हाल उद्दार कार्य लगातार चलिरहेको छ भने बाढी प्रभावित क्षेत्रहरूमा पुगेर सहयोग गर्ने कार्य पनि लगातार चलिरहेको छ। सोही क्रममा आज सिलगढीको आस्था पारा मेडिकल नर्सिङ इन्स्टिट्युट र आनन्द मार्ग युनिभर्सल रिलिफ टीमको टोली सिक्किम र बंगालका रम्फू क्षेत्र पुगेको थियो। राष्ट्रिय राजमार्ग १० बन्द रहेकोले गर्दा गोरूबथानबाट घुमेर राहत सामाग्री प्रदान गर्न रम्फू पुग्ने टोलीले पीड़ितहरूलाई सक्दो सहयोग गर्ने कोशिश गरेको छ। नदीले दुईवटा क्षेत्रको बस्ती नै उजाड़ बनाएकोले गर्दा स्थानीयहरूसंग केही नरहेको जनाउँदै टोलीले चामल, दाल तेल लहायत लुगा, कपड़ा र अन्य खाद्य सामाग्रीहरू पनि प्रदान गरेको छ। सिक्किम रम्फूमा धेरथोर सहयोग भइरहे तापनि बंगाल रम्फूको अवस्था निकै सोंचनीय रहेको टोलीले बनाएको छ। टोलीमा रहेका आस्था पारा मेडिकल नर्सिङ इन्स्टिट्युटका डा. सुरेन्द्र गिरीले भने, ‘यो आपदको समय हो। यसैले हरेक नागरिक एक हुन जरूरी छ। घटना धेरै नै भयानक छ’ यसैले यसबाट हामीले सामूहिक रूपमा नै उठ्नुपर्ने हुन्छ।’ टोली चाँड़ै टिस्टा पनि पुग्ने बताइएको छ।

About Author

Advertisement