लिबियामा एउटा समुद्री आँधीका कारण आएको बाढीबाट हजारौँ मानिसको मृत्यु भएको छ भने झन्डै १०,००० जना जति हराइरहेका छन्। मृतकको सङ्ख्या अझै बढ्ने ठानिएको छ।यस सहरको धेरै भाग पानीले बगाएर समुद्रमा पुर्याएको ठानिएको छ। त्यहाँ कम्तीमा २,३०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। बाढीले बगाएर समुद्रमा पुर्याएका शवहरू सङ्कलन गर्न उद्धारकर्ताहरूले सङ्घर्ष गरिरहेका छन्। डेर्नामा फेला परेका लाशहरूलाई सामूहिक रूपमा समाधिस्थ गरिएको छ।









